बझाङ पहिराेमा ज्यान गुमाएका धामी परिवारलाई प्रदेश सरकारले प्रतिव्यक्ति एक लाख दिने

lok8

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले घरमाथिबाट पहिरो खस्दा चार जना गुमाएका बझाङका बीरबहादुर धामीकाे परिवारलाई राहत दिने भएकाे छ ।

Nisharg hospital

मुख्यमन्त्री कमलबहादुर शाहले पहिराेमा परेर ज्यान गुमाएकाे घटनाप्रति दु:ख व्यक्त गर्दै राहत दिने घाेषणा गरेका हुन् ।

शाहले मृतकका परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत प्रदान गर्ने जारी शाेक वक्तव्यमा उल्लेख गरेका छन् ।

गएराति घर माथिबाट पहिराे खस्दा बझाङकाे बुङ्गल नगरपालिका-१० काे टुमेडागाउँका बिरबहादुर धामीकी श्रीमती, बुहारी र दुई नातिनीकाे मृत्युु भएकाे थियाे ।

धामीसहितका अन्य ६ जनाले भने भागेर ज्यान जाेगाएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...