धनगढीमा मृत भेटिएकी आस्था ५ वर्षदेखि प्रेम सम्बन्धमा, प्रेमीसँग भइरहन्थ्यो झगडा

Nisharg hospital

धनगढी । आइतबार धनगढी उपमहानगरपालिका–१ को चकमेली चोकस्थित डेरामा मृत भेटिएकी आस्था थापा प्रेम सम्बन्धमा रहेको पाइएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका घर भएर धनगढीको शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्समा हेल्थ असिसटेन्ट –एचए) पढिरहेकी थापा दिउँसो १ बजेतिर मृत भेटिएकी थिइन् ।

थापासँगै बस्ने कञ्चनपुरकै अर्की युवती अघिल्लो दिन साथीको घर गएकी थिइन् । आइतबार दिउँसो उनी कोठामा पुग्दा भित्रबाट ढोका बन्द गरिएको थियो । धेरै बेर बोलाउँदा ढोका नखुलेपछि घर धनी र त्यहाँ बस्ने अन्यले ढोकामा धक्का दिएपछि खुलेको थियो ।

उनीहरुले ढोका खोल्दा थापा झ्यालको रेलिङमा झुन्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । थापाको शरीरमा निलडाम रहेको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका थिए । सोही कारण ढिलोगरि प्रहरीले शव उठाएको थियो ।

kailali udhog

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले झुन्डिएको अवस्थामा भेटिकी आस्थाको मृत्युको कारण खुलिनसकेको बताए । कार्कीले उनको शव परीक्षणपछि सोमबार परिवारले बुझेको बताउँदै घटनाबारे थप अनुसन्धान जारी रहेको बताएका छन् ।

प्रहरीकाअनुसार थापाको मृत्युको कारण नखुलेपनि उनी विगत पाँच वर्षदेखि प्रेम सम्बन्धमा रहेको पाइएको छ । थापासँग प्रेम सम्बन्धमा रहेका बेलौरीकै बिष्ट थरका युवक उनको कोठामा आउजाउ गरिराख्थे भने उनीहरुबीच झगडा समेत भइरहन्थ्यो ।

विगत दुई महिनादेखि आफैसँग अध्ययन गर्ने कञ्चनपुरकै युवतीसँग थापा बस्दै आएकी थिइन् । ती युवतीकाअनुसार पनि प्रेमी र उनकाबीचमा फोनमा नै झगडा भइरहन्थ्यो । तर थापाले आफू समस्यामा रहेको कुनै संकेत समेत गरेकी थिइनन् ।

साथीको घरबाट कोठा फर्किदा थापा झुन्डिएको अवस्थामा देखेको उनको भनाई छ । परिवारले थापाको हत्याको आशंका गरेपनि त्यो कुरा पुष्टि हुने आधार फेला नपरेका प्रहरीले जनाएको छ । मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय कैलालीमा उनीहरुले ज्यान सम्बन्धी मुद्धा दर्ता गरेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...