धनगढी । कैलालीको गेटा मेडिकल नजिकै म्याजिकसँग ठाेक्किएर भएकाे दुर्घटनामा माेटरसाईकल चालककाे मृत्यु भएकाे छ ।
कञ्चनपुरकाे कृष्णपुर नगरपालिका-२ घर भएका ४१ वर्षीय शिवराम चाैधरीकाे उपचारका क्रममा मृत्युु भएकाे प्रहरीले जनाएको छ ।
उनले चलाएकाे से ६ प८४२३ नम्बरकाे माेटरसाईकल साेमबार साँझ गाेदावरी-१ का २७ वर्षीय प्रकाश बाेहराले चलाएको म १ ज १६१ भाडाकाे म्याजिकसँग ठाेक्किएकाे थियोे ।
माेटरसाईकल पछाडि सवार धनगढी उपमहानगरपालिका -३ बस्ने ३४ वर्षीय रामप्रसाद चाैधरीकाे सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।
म्याजिकमा सवार कञ्चनपुरकाे पुनर्वास नगरपालिका-६ बस्ने ९ वर्षीया अविशा श्रेष्ठ र ५ वर्षीय आयान श्रेष्ठ सामान्य घाइते भएका छन् ।उनीहरूकाे माया मेट्राे अस्पतालमा उपचार जारी छ ।