क्याफेबाट लागुऔषध विक्री गरेको आरोपमा ४ जना पक्राउ

cp new add
Nisharg hospital
Ba n

काठमाडौं । ललितपुरको एक क्याफेबाट लागुऔषध बेचेको आरोपमा प्रहरीले खुकुरीसहित चार जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा ललितपुरकै महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २९ वर्षीया सबिना महर्जन, सोही ठाउँका २९ वर्षीय समित राजवंशी, महालक्ष्मी–९ का २९ वर्षीय अमल पोख्रेल र गोदावरी नगरपालिका–७ का ३५ वर्षीय पदम लामा छन् ।पक्राउ परेका मध्ये महर्जन र राजबंशी क्याफे सञ्चालक रहेको उनले बताए । लागु औषध सेवन गरेको आरोपमा यसअघि पक्राउ परेका एक व्यक्तिले दिएको सूचनाका आधारमा उक्त क्याफेबाट लागु औषधसहित चार जनालाई प्रहरीले पक्राउ गरेको हो।

उनीहरुलाई महालक्ष्मी–१ तिमल्सिना चोकमा रहेको चियाचु क्याफेटबा आइतबार साँझ साढे ५ बजेतिर जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले पक्राउ गरेको हो ।उनीहरुबाट ट्रामाडोल ७० पत्ता र खुकुरी बरामद गरिएको परिसरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...