सुदूरपश्चिममा कार्यरत एसएसपी बिष्टसहित ३ एसपी र ९ डीएसपी रिटायर

lok8

धनगढी । सुदू्रपश्चिम प्रदेशमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) दिल्लीराज बिष्टसहितका १३ जना प्रहरी अधिकृत सेवा निवृत्त(रिटायर) भएका छन् ।

Nisharg hospital

प्रदेश प्रहरी कार्यालयमा कार्यरत एसएसपी बिष्टसहित तीन जना प्रहरी उपरीक्षक(एसपी) र ९ जना प्रहरी नायब उपरीक्षक(डीएसपी) सेवा निवृत्त भएका हुन् ।

सेवा निवृत्त हुने एसपीमा प्रहरी गण धनगढीमा कार्यरत देबेन्द्रबहादुर पाल, प्रेम बस्नेत र डोटीका विष्णुहरी कोइराला रहेको प्रदेश प्रहरी कार्यालयका एसएसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।

उनकाअनुसार प्रदेश प्रहरी कार्यालयमा कार्यरत भरत चौधरी, हिक्मत बोहोरासहितका ९ जना प्रहरी नायब उपरीक्षक(डीएसपी) समेत रिटायर भएका छन् ।

उनीहरु सबैको आइतबार प्रदेश प्रहरी कार्यालयमा आयोजित औपचारिक कार्यक्रमकाबीच प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक(डीआईजी) रबिन्द्र केसी सहितले बिदाई गरेका छन् ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...