
धनगढी । कञ्चनपुरमा सशस्त्र प्रहरीले ५९ लाख मूल्य बराबरकाे भन्सार छलीकाे अवैध सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीबाट खटिएको टाेलीले भिमदत्त नगरपालिका–३ काे भाँसीमा रहेकाे आनन्द टोलकाे सिद्धार्थ ईन्जिनीयरिङ्ग अटो वर्कसप पछाडिबाट ५९ लाख १८ हजार २ सय बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।
केन्द्रीय ईन्टेलीजेन्ट ब्यूरोबाट प्राप्त सूचनाको आधारमा सशस्त्र प्रहरीले सामान बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएकाे छ ।
शैलेश्वरी गणका सशस्त्र प्रहरी निरीक्षक खगेन्द्रबहादुर चन्द र बिओपि जिमुवाका सशस्त्र प्रहरी नायव निरीक्षक भरतबहादुर चन्द नेतृत्वको संयुक्त टाेलीले बेवारिसे अवस्थामा उक्त सामान बरामद गरेकाे सशस्त्र प्रहरी गण शैलेश्वरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) खगेन्द्रबहादुर चन्दले बताए ।
उनकाअनुसार बरामद गरिएको सामानमा ठूलो मात्रमा मोबाईल डाटा केवल, चार्जर, एडप्टर, बुफर, ट्रयाक्टरका पाट्स, कपडा रहेका छन् ।
बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
