सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएको आरोपमा एकजना नियन्त्रणमा

Rojgar mela

काठमाडौं । सार्वजनिक बिदा भन्दै गलत सूचना बनाएर सम्प्रेण गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Nisharg hospital

जिल्ला प्रहरी कार्यालय चितवनले एक युवकलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको हो । चितवनको एसपी भावेश रिमालले एक जनालाई नियन्त्रण लिएर सोधपुछ भइरहेको र थप विषयहरु पुष्टि गर्नुपर्ने भएकाले नियन्त्रणमा रहेका व्यक्तिको विवरण सार्वजनिक गर्न नमिल्ने बताए ।आज १९ भदौमा सार्वजनिक बिदा भन्दै गृहमन्त्रालयको लेटरहेडबाट गलत सूचना सम्प्रेषण गरिएको थियो । पुरानो सूचनालाई मिति सच्याएर आज सार्वजनिक बिदा भन्दै भ्रम सिर्जना गराइएको आरोप ती युवकमाथि छ।

गलत सूचना सम्प्रेषण गरिएपछि प्रहरीको केन्द्रीय साइबर ब्यूरोले पनि ती व्यक्तिको खोजी गरेको थियो। साइबर ब्यूरोसँग समन्वय गरेर अहिले थप छानबिन र पुष्टि गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...