मुना पाण्डे प्रकरण: आरोपी पक्राउ पर्दा लगाएको कपडामा रगत र गाडीमा हतियार भेटियो

panchodaye

काठमाडौं । अमेरिकाको ह्युस्टनमा २१ वर्षीया नेपाली किशोरी मुना पाण्डेको हत्या अभियोगमा पक्राउ परेका बबी सिंह शाहको साथबाट प्रहरीले हतियार पनि बरामद गरेको खुलेको छ ।

Nast college

अघिल्लो साता सोमबार अमेरिकी समयअनुसार बेलुकी साढे ५ बजे पाण्डेलाई उनको अपार्टमेन्टमै गोली हानी हत्या गरिएको थियो । प्रहरीले प्रहरीले हत्यामा सर्भिलेन्स क्यामराको फुटेजका आधारमा एक जना संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना मागेको थियो ।त्यसक्रममा प्रहरीले बबि सिंह शाह नामक व्यक्तिलाई पक्राउ गरेको छ । ह्युस्टन प्रहरीका प्रवक्ताका अनुसार सीसी टीभीमा मुनाको अपार्टमेन्टबाट निस्किँदै गरेको देखिएका व्यक्ति शाह नै थिए ।

Nisharg hospital

प्रहरीले शाहलाई बुधबार अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिइएको प्रहरीले भनेको छ । सीसी टीभीमा देखिएकै कपडा लगाएको अवस्थामा उनी पक्राउ परेको अदालतमा भएको सुनवाइका क्रममा अभियोजनकर्ता पक्षका वकिलहरुले जिकिर गरेका छन् ।प्रहरीलाई उदृत गर्दै वकिलहरुले भनेका छन्, ‘दुई दिनपछि पक्राउ पर्दा पनि उनी रगतका छिटाहरु भएको कपडामै थिए, जुन पाण्डेको अपार्टमेन्टको सीसी टीभीमा पनि देखिएको थियो ।’

प्रहरी अधिकारीहरुले उनको कारमा पाण्डेको हत्यामा प्रयोग भएको पेस्तोल पनि बरामद गरेको अभियोजक पक्षका वकिलहरुले अदालतमा बताएका छन् । ‘उनलाई तीन राउण्ड गोली हानिएको थियो, त्यसमध्ये एउटा पछाडिबाट टाउकोमा लागेको थियो’, अदालतमा भएको बहसमा वकिलहरुले भनेका छन् ।अभियोजक पक्षका वकिलहरुले गरेको बहस सुनेपछि न्यायाधीशले बबिलाई जमानतमा छाड्न अस्वीकार गरेका थिए । बबी पक्षका वकिलहरुले भने शाह अदालतमा उच्च मनोबलका साथ उभिएको भन्दै उनी सतप्रतिशत निर्दोष रहेको दाबी गरेका थिए ।

‘उनी भारतीय मुलका हुन् र बाल्यकालमै अमेरिका आएका थिए, उनी एउटा कम्पनीमा भाइस प्रेसिडेन्ट छन्’, बबी पक्षका वकिलको जिकिर छ, ‘मलाई त्यो कम्पनीको नाम भन्ने स्वतन्त्रता त छन्, उनी एकदमै स्मार्ट, शिक्षित र बहुत स्पष्ट वक्ता हुन् ।’तर, अभियोजक पक्षका वकिलहरुले पाण्डेको घरमा रहेको सर्भिलेन्स क्यामराको फुटेज पनि देखाए । जसमा उनी जुत्ताको बक्स, सपिङ गर्ने झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी छन् ।

त्यसक्रममा शाहले पटकपटक उनलाई ढोका खोल्न भनेका छन् । त्यसबेला पाण्डेले ‘ह्वाट आर यु गोइङ टु डु रु ९के गर्न लागेको रु०’ भन्दै प्रश्न गरेको सुनिने भनिएको छ ।तर, पाण्डे बाहिर निस्किनेबित्तिकै शाह उनलाई धकेल्दै भित्र प्रवेश गरेर ढोका बन्द गरेका थिए । यहीबीच मुनाकी आमा अनिता पाण्डे अमेरिका जाँदैछिन् । उनले आफ्नो छोरीको हत्यामा संलग्न शाहलाई अधिकतम सजाय हुनुपर्ने माग गरेका छन् । अमेरिका नेपाली समुदायका व्यक्तिहरु अदालतमा बहस हुँदा भित्रै पुगेका थिए ।

‘म कल्पना मात्र गर्न सक्छु, मुनाकी आमालाई के बितिरहेको छ, त्यसैले म के चाहन्छु भने उहाँ यही आउनुहोस् र के भइरहेको छ भन्ने सबै थाहा पाउनुहोस्’, अभियोजन पक्षकी वकिल रेबेका मार्सलले सुनुवाइपछि पत्रकारहरु भनेकी छन् ।

मुना सन् २०१२ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । विद्यार्थी भिसामा अमेरिका गएकी उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।त्यसअघि उनले काम गरेको रष्टुरेन्टमा बबि पनि नियमित जाने गर्थे । मुनाकी साथी आरुसा निरौलाले आफ्नो साथीमाथि सोच्नै नसकिने घटना भएको भन्दै न्यायको माग गरेकी छन् ।

उनले फेसबुकमा पोष्ट गर्दै लेखेकी छन्, ‘मेरो प्रिय साथी, पूर्वरुममेट दुखद् रुपमा हामीबाट खोसिएकी छन्, यस्तो विभत्स रुपमा भएको साथीको हत्या सहन सक्ने किमिसको छैन ।’उनकी आमाका अनिताका अनुसार, दुई दिनदेखि मुनाको मोबाइलमा सम्पर्क भइरहेको थिएन । मुनाको स्थायी थलो भोजपुर हो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...