काठमाडौं । श्रम स्वीकति लिन आएकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा श्रम कार्यालय, ताहचलका एक कर्मचारी पक्राउ परेका छन् ।


जिल्ला प्रहरी परिसर, काठमाडौं अन्तर्गतको महिला, बालबालिका सेलले कार्यालय सहयोगी सुब्बा घलेलाई केहीअघि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार, यूएईमा वैदेशिक रोजगारीबाट फर्किएकी एक महिला फेरि श्रम स्वीकृति लिन भन्दै १० माघ २०८० मा श्रम कार्यालय गएकी थिइन् । त्यसक्रममा कार्यालयका कर्मचारी सुब्बासँग उनको चिनजान भएको थियो ।
