मुख्य प्रतिस्पर्धी भए पनि ओली र म बसेपछि सबै समस्या समाधान हुन्छन् : देउवा

panchodaye

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थायी सरकार बनाउनको लागि एमालेका अध्यक्ष केपी ओलीसँग सहमति गरेर आफू अगाडि बढेको बताएका छन् ।

Nast college

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कर्मचारीको जुन पार्टीप्रति आस्था राख्ने भएपनि सरकारले निर्देशन मान्नुपर्ने बताए ।उनले भने, ‘कांग्रेस र एमालेबीच विगतमा आ-आफ्नो मतभेद होलान् । यो व्यवस्थाको विषयमा कुनै मतभेद छैन । हामी मुख्य प्रतिस्पर्धी हौं, समस्याहरू आउँछन् मिलेर समाधान गर्नुपर्छ । ओली र मैले मिलेर समस्याको समाधान गर्छौँ । यो संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि रक्षा गर्नुछ । जुनसुकै पार्टीको सरकार भएपनि स्थायी सरकार हो ।’

Nisharg hospital

उनले सरकारले दिएको निर्देशन कर्मचारीले नमाने सरकार सफल हुन नसक्ने बताए ।उनले भने, ‘हिजो को कुन पार्टीमा थियो आज कुन पार्टीमा छ भन्ने कुरा होइन । कोही कांग्रेसको समर्थक होला, कोही एमालेको समर्थक होला । कोही माओवादीको समर्थक होला । जुन पार्टीप्रति आस्था राख्ने भए पनि कर्मचारीले सरकारले दिएको निर्देशन मान्नुपर्ने हुन्छ ।’

उनले निजामती कर्मचारीलाई स्थायी सरकारका रूपमा लिइने बताउँदै सरकारसँग सहकार्य र समन्वय गरेर बढ्नुपर्ने बताए ।
Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...