कैलालीका प्रहरी कार्यालयमा एसपी बिष्टको निरीक्षण, खरो उत्रिएर काम गर्न निर्देशन

Nisharg hospital
Bogtan

धनगढी । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले इलाका प्रहरी कार्यालय र प्रहरी चौकीको निरीक्षण गरेका छन् । एसपी बिष्टले शुक्रबार प्रहरी महानिरीक्षक(आईजीपी) बसन्तबहादुर कुँवरले स्थलगत निरीक्षण गर्न लागेको टीकापुरमा रहेको प्रहरी चौकी सत्तीसहितका केही कार्यालयको निरीक्षण गरेका हुन् ।

kmc
Nast

बिष्टले इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी कार्यालय पृथ्वीपुरको समेत निरीक्षण गरेका हुन् । प्रहरी चौकी र इलाका प्रहरी कार्यालय निरीक्षण गर्दै एसपी बिष्टले लागुऔषध दुर्व्यशनी, चोरी तस्करी नियन्त्रण तथा अन्य सामाजिक अपराध नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्न निर्देशन दिएका छन् ।

suklaphata

उनले कसैको दबाब र प्रभावमा नपर्न  आग्रह गर्दै कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्न समेत प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिए । ‘थोरै जनशक्तिमा धेरै र राम्रो काम गरेर परिणाम देखाउनुपर्ने चुनौती तपाई हामीलाई रहेको छ,’ एसपी बिष्टले भने, ‘चोरी, तस्करी नियन्त्रण, लागुऔषध दुव्र्यशनी एवंम् समाजमा भइरपरी आउने अन्य अपराधिक गतिविधी नियन्त्रण गर्ने प्रहरीको मुख्य दायित्व हो । सबैले  आ–आफ्नो ठाउँबाट कुशलतापूर्व जिम्मेवारी निभाउनुपर्छ ।’

उनले चोरी, तस्करी तथा अपराधिक क्रियाकलाप नियन्त्रण गर्न खरो रुपमा काम गर्न समेत निर्देशन दिए । बिष्टले आफ्नो क्षेत्रमा शान्ति, सुरक्षा कायम गर्न र आम नागरिकलाई सुरक्षाको प्रत्याभूती गराउदै राम्रो काम गर्ने कुरामा आदेश नपर्खिन सुझाव पनि प्रहरीलाई दिएका छन् । स्थलगत निरीक्षणका क्रममा प्रहरी कार्यालयले जनशक्तिको अभावमा कार्यसम्पादनमा भोग्नुपरेका समस्या र चुनौतीका विषयमा समेत प्रहरी उपरीक्षक(एसपी) बिष्टलाई जानकारी गराएका थिए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...