कैलालीमा युवाबीच कुटाकुट, ३ जना घाइते

Nisharg hospital
Bogtan

धनगढी । कैलालीमा चार जना युवकबीच कुटाकुट हुँदा तीन जना घाइते भएका छन् ।

suklaphata

गएराति साढे ११ बजेकोे समयमा जिल्ला घोडाघोडी नगरपालीका–४ को रामपुरमा सोही ठाउँ बस्ने २२ वर्षीय गजेन्द्र साउदसहितका चार जनाबीच कुटाकुट भएको थियो ।

kmc
Nast

कुटाकुटबाट साउँद, सोही ठाउँ बस्ने २४ वर्षीय मोहन रावल र गैडाखेडा बस्ने २३ वर्षीय कुबेर शाही घाइते भएका छन् । उनीहरु मध्ये रावलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

तीनै जनाको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । कुटपिटमा संलग्न सोही ठाउँ बस्ने अमिर ठगुन्ना भने भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । चारै जनाबीच भगडा हुनुको कारण भने खुलेको छैन ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...