ऐश्वर्यका बालवालिकाले खाजाको रकम जोगाएर बहिरा बालवालिकालाई सहयोग

धनगढी । धनगढीको ऐश्वर्य विद्या निकेतनका बालवालिकाले आफुहरुको खाजा खर्च जोगाएर बहिरा बालवालिकाहरुलाई खाद्यान्न, भित्तेघडी लगाएतका सामान सहयोग गरेका छन् ।

Nisharg hospital

धनगढी उपमहानगरपालिकाको–११ मा रहेको दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयका बालवालिकालाई ऐश्वर्यका विद्यार्थीहरुले झण्डै १० हजार बराबरको सामान सहयोग गरेका हुन । विद्यार्थीहरुले बालदिवश र शिक्षा दिवशका अवसरमा आ–आफ्नो एक दिनको खाजा वाफतको रकम संकलन गरेका हुन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सामाजिक सहयोगको भावना जागोस भनेर हरेक वर्ष बालदिवस र शिक्षा दिवसको अवसर पारेर बालवालिकाहरुले आफ्नो खाजाखर्चको रकम जम्मा गरि यस्तै गरी सहयोग गर्ने गरेका छन् ।

दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयमा ११३ जना बोल्न नसक्ने बहिरा वालवालिका आवासीय रुपमा अध्ययनरत छन। सरकारी खर्चमा उनीहरु आवासीय रुपमा अध्ययन गरिरहेपनि छात्रबासमा बेला बेला सामानहरुको अभाव हुने गरेको छ।

उनीहरुको आवश्यता अनुसार सामाग्री सहयोग गरिएको विद्यालयका क्याप्टेन चेतन भट्टले बताए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...