धनगढी । कैलालीमा भन्सार छली गरेर ल्याएकाे करीब १० लाख बढिकाे अवैध सामान बरामद गरिएको छ ।
धनगढी उपमहानगरपालिका, भजनी नगरपालिका तथा कैलारी गाउँपालिका विभिन्न क्षेत्रबाट बिहीबार र शुक्रबार करीब १० लाख बढीको अवैध सामान बरामद गरिएको प्रहरीले जनाएकाे छ ।
कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहाेराले बिहीबार पाँच लाख ६५ हजार र शुक्रबार चार लाख २९ हजार रूपैयाँ बराबरको अवैध सामान बरामद गरिएको बताए ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय कैलालीमा बुझाइएको प्रहरीले जनाएको छ ।