वालिङ नगरपालिका एन्फा महिला सुपर लिगमा छनोट

cp new add
Nisharg hospital
Samajik

ललितपुर । स्याङ्जाको वालिङ नगरपालिकाले एन्फा महिला लिगमा बिहीबार चन्द्रपुर नगरपालिकालाई २-१ ले पराजित गर्दै सुपर लिगमा स्थान बनाएको छ ।

DHANGADHI

पहिलो तरणको आफ्नो अन्तिम खेलमा जित निकालेपछि वालिङले शीर्ष पाँचमा स्थान सुरक्षित गर्दै सुपर लिगमा स्थान पक्का गरेको हो ।१० टोली सहभागी लिगमा पहिलो चरणको खेलपछि शीर्ष पाँचमा रहने टोली सुपर लिगमा प्रवेश गर्नेछन् । सुपर लिग डबल राउण्ड रोबिनका आधारमा हुनेछ ।सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा वालिङका लागि सुक्रिया मिया र ज्याकलिन नासालीले पहिलो हाफमा गोल गरे । चन्द्रपुरका लागि सुनिता सुनारले दोस्रो हाफमा एक गोल गरिन् ।

खेलको पाँचौं मिनेटमै सुक्रियाले गोल गर्दै वालिङलाई अग्रता दिलाएकी थिइन् । ३६ मिनेटमा ज्याकलिनले गोल गर्दै वालिङको अग्रता दोब्बर पारिन् ।दोस्रो हाफको सुरुमै सुनिताले गोल गर्दै चन्द्रपुरलाई खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यसपछि थप गोल हुन सकेन ।
दोस्रो हाफमा दुवै टोलीले गोलका लागि खासै अवसर बनाउन सकेनन् । जितपछि ९ खेलबाट १५ अंक जोडेको वालिङले अंकतालिकामा चौथो स्थानमा रहँदै पहिलो चरण सकाएको छ ।

तीन विभागीय टोली एपिएफ, त्रिभुवन आर्मी एफसी र नेपाल पुलिस क्लबले यसअघि नै सुपर लिगमा स्थान बनाइसकेका छन् । हारपछि चन्द्रपुर भने सुपर लिग होडबाट बाहिरिएको छ । चन्द्रपुरले ९ खेलबाट अंक मात्र जोड्यो ।बिहीबारे दोस्रो खेलमा कोशी र सुदूरपश्चिमबीच खेल हुनेछ । उक्त खेलमा जित हात पारे कोशी पनि सुपर लिगमा छनोट हुनेछ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...