एभरेष्ट महिला भलिबल लिगमा आज ३ खेल हुँदै

Nisharg hospital
Bogtan

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) २०२४ को दोस्रो दिन आज पनि तीन खेल हुँदैछन् ।

suklaphata

पहिलो खेलमा गण्डकी थण्डर्स र कर्णाली यस्विसबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रंगशाला कभर्डहलमा दिउँसो ३:४५ बजे सुरु हुनेछ ।सोमबार भएको पहिलो खेलमा कर्णालीले मधेश युनाइटेडलाई ३-१ को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो भने गण्डकी चितवन शक्तिसँग ३-१ कै सेटमा पराजित भएको थियो ।

kmc
Nast

कर्णाली पहिलो खेलको लय कायम राख्दै लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने गण्डकी पहिलो जित निकाल्ने लक्ष्यमा छ ।यस्तै साँझ ५:४५ बजे कभर्डहलमै काठमाडौं स्पाइकर्स र चिनव शक्तिबीच प्रतिस्पर्धा हुनेछ ।पहिलो खेलमा चिनवले गण्डकीलाई ३-१ को सेटमा पराजित गर्दै ३ अंक जोडिसकेको छ भने काठमाडौं भ्याली डर्बीमा ललितपुर क्विन्ससँग ३-१ कै सेटमा पराजित भएको थियो।

त्यसैले काठमाडौं पहिलो जितको खोजीमा हुनेछ भने राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीको कपत्नीमा चितवन लगातार जित निकाल्ने योजनामा छ ।यस्तै दिनको अन्तिम खेल ललितपुर र मधेशबीच राती ७:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा ललितपुरले काठमाडौंलाई हराउँदा मधेश भने कर्णालीसँग पराजित भएको थियो ।त्यसैले मधेश आज पहिलो जितको खोजीमा हादा ललितपुर पहिलो खेलको लय कायम राख्दै जित निकाल्ने योजनामा हुनेछ ।पहिलो खेलमा थाइल्याण्डकी एक खेलाडी घाइते हुँदासमेत ललितपुरले काठमाडौंविरुद्ध राम्रो प्रदर्शन गरेको थियो ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा भइरहेको पहिलो संस्करणको इडब्लुभिएलमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । लिग चरणपछि शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।नेपाली भलिबल इतिहासमा पहिलो पटक भएको फ्रेन्चाइज लिग र दक्षिण एसियाकी पहिलो महिला भलिबल प्रेन्चाइज लिगमा विदेशी खेलाडीहरु समेत खेलिरहेका छन्  ।हरेक टिमले ३ विदेशी खेलाडी अनुबन्ध गरेका छन् । जसले लिगमा रोमाञ्चकता थप्ने अपेक्षा छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...