धनगढी । कैलालीमा किशोरीमाथि जबरजस्तीकरणी गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् ।
जानकी गाउँपालिका-२ बस्ने १६ वर्षीया किशाेरीमाथि जबरजस्तीकरणी गरेकाे आराेपमा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जबरजस्तीकरणी गरेकाे उजुरीका आधारमा १६ वर्षीय किशोर र ७१ वर्षीय गजबहादुर दर्लामी मगरलाई पक्राउ गरिएको बताए ।
उनकाअनुसार किशाेरीमाथि किशोरले भदाै तेस्रो हप्ता आफ्नै घरमा बोलाएर जबरजस्तीकरणी गरेकाे आराेप छ भने दर्लामीमगरले पनि भदाै चौथो हप्ता छिमेकिको घरमा बोलाएर करणी गरेकाे आराेप लागेकाे छ ।
दुवै जनालाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।