सरकारले खोल्यो थप ५७ हिमालमा आरोहण

Nisharg hospital

काठमाडौं । सरकारले थप ५७ हिमालमा आरोहण खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ती हिमालमा आरोहण गतिविधि गर्न अनुमति दिने गरी खुला गर्ने निर्णय गरेको हो ।

pradesh helath nirdesanalaye
gauriganga

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङका अनुसार नेपाल हिमालै हिमालको देश भए पनि धेरै हिमाल पर्वतारोहणका लागि खुला नभएको अवस्थामा थप ५७ हिमालमा आरोहण खोल्ने निर्णय भएको हो ।

यी हिमाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रवद्र्धन तथा व्यवस्थापन गर्ने गरी खुला गरिएको हो । मन्त्रालय मातहत पर्यटन विभागले हिमाल व्यवस्थापन गर्दै आएको छ ।

यसअघि गत असारमा पर्यटन विभागले ती हिमाल आरोहण खुला गर्न मन्त्रालयमा सिफारिस गरेको थियो । सिफारिस गरिएका हिमालमा ६ हजार मिटरबाट माथि ६ हजार ५ सय मिटरसम्म उचाइका छन् ।

यसपालि पूर्व ताप्लेजुङदेखि पश्चिम डोल्पा र हुम्लासम्मका चुचुरो आरोहणका लागि खुला भएका हुन् । यसअघि नेपालमा ४ सय १९ हिमाल चुचुरा आरोहणमा खुला भइसकेका छन् । जसमा सर्वोच्च शिखर सगरमाथादेखि ८ हजार मिटर उचाइका सबै हिमाल पर्छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...