धनगढी । महाकाली नदीमा खसेर घाइते भएका एक युवकको उद्दार गरिएको छ ।
आइतबार दार्चुलाको महाकाली नगरपालिका–४ रिङनताल स्थित महाकाली नदीमा खसेर घाइते भएका ३१ वर्षीय यमराज लकन्डीको प्रहरीले उद्दार गरेको छ ।
बझाङको सुर्मा गाउँपालिका–९ सैनगाउ घर भई हाल दार्चुला स्थित महाकाली नगरपालिका–४ खंलगामा कोठा गरि बस्दै आएका यमराजको उद्दार गरी जिल्ला अस्पताल दार्चुलामा उपचारका लागि पठाइउको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनी खंलगामा कोठा गरेर मजदुरी काम गर्दै आएका थिए। उनको उद्दार गर्न प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको कमाण्डमा २२ जनाको प्रहरी टोली खटिएको थियो ।