धनगढी । डोटीको घाङल प्रहरी चौकीका वरिष्ठ हवल्दार केशवसिंह धामीको धनगढीमा मृत्यु भएको छ ।
ड्युटीमै रहेका बेला बेहोस भएर अस्पताल ल्याइएका प्रहरी वरिष्ठ हवलदार धामीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टले हिजो राति ८ः३० बजेको समयमा धामी बेहोस भएका बताए ।
दार्चुलाका घर भएर डोटीस्थित प्रहरी चौकी घाङलमा कार्यरत धामी अचानक बेहोस भएपछि उनलाई धनगढी ल्याइएको थियो ।
तर, धनगढीस्थित सेती प्रादेशिक अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। धामीको पोस्टमार्टम भएको छैन । मृत्युको कारणसमेत खुलेको छैन ।