धनगढी । धनगढीमा हाेटलकाे जग खन्ने क्रममा भेटिएकाे बम डिस्पोजल गरिएको छ ।
धनगढी उपमहानगरपालिका-३ बिशालनगरमा शुक्रबार सिद्वार्थ हाेटलकाे जग खन्ने क्रममा भेटिएको शनिबार बिहान बम डिस्पोजल गरिएको प्रहरीले जनाएको छ ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले नेपाली सेनाकाे बम डिस्पोजल टाेलीले उक्त बमलाई डिस्पोजल गरेकाे बताए ।
खिया लागेकाे अवस्थामा भेटिएको बम द्वन्द्वकालीन हुनसक्ने अनुमान गरिएको छ ।