बाजुरा । बाजुरामा हेलिकप्टरबाट एक सुत्केरीको उद्धार गरिएको छ ।
आइतवार हिमाली गाउँपालिका–५ की २२ बर्षीया प्रेमकला रोकायाको जिल्ला अस्पताल बाजुराबाट नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।
प्रेमकलाले कार्तिक २३ गते सामान्य अवस्थामा एक बच्चा घरमै जन्माएकी थिइन् भने उनको स्वास्थ्यमा समस्या भएपछि आफ्न्तले जिल्ला अस्पताल पुगाएका थिए । उनले जिल्ला अस्पतालमा २३ गते साँझ ९ बजे अप्रेसन गरेर दोस्रो बच्चा पाएकी थिइन् । अहिले बच्चाको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ ।
दुई दिनदेखि जिल्ला अस्पतालमा रहेकी प्रेमकलाको स्वास्थ्यमा समस्या देखिएपछि जिल्लामा उपचार सम्भव नभएकाले थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत रिफर गरिएकोे जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
स्वास्थ्यमा जटिल समस्या आएपछि राष्ट्रपति महिला उथ्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताए ।