कैलालीमा बोक्सी भन्दै महिलाको कपाल काटियो, झाक्रीसहित ३ जना पक्राउ

Nisharg hospital

धनगढी । कैलालीमा बोक्सी लागेको भन्दै अमानवीय व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका–९ कालाकुण्डामा १४ वर्षीया बालिकामाथि बोक्सी लागेको भन्दै ५५ वर्षीय महिलामाथि अमानवीय व्यवहार गरेको आरोपमा झाक्रीसहितका तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा धामीझाक्रीको काम गर्दै आएका माता भनिने २५”वर्षीय सुनिल मिस्त्री, ३७ वर्षीय लाली चौधरी र बालिकाको ३० वर्षीय आमा माया चौधरी(नाम परितर्वन) रहेको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार माया चौधरी(नाम परिवर्तन)ले १४ वर्षीया छोरी सपना(नाम परिवर्तन) बिरामी भएपछि झारझुकका लागि माता भनिने सुनिल मिस्त्रीको घरमा लगेकी थिइन् । त्यही बेला उनीसँगै सुनिलको घरमा पुगेकी बालिकाको ठूलो आमामाथि बोक्सी लागेको आरोप लगाउँदै सुनिल मिस्त्रीले अमानवीय व्यवहार देखाउँदै कपाल काटिदिएका थिए भने घाँटी न्याक्ने जस्ता व्यवहार देखाएका थिए ।

उनले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

 

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...