१२ औँ महाधिवेशनको तयारीमा जुट्यो नेविसंघ

काठमाडौँ । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) १२औँ महाधिवेशनको तयारीमा जुटेको छ ।

Nisharg hospital

पार्टी सभापति शेरबहादुर देउवाले आगामी चैतभित्र महाधिवेशन गर्न निर्देशन दिएका थिए । सोही आधारमा पार्टी सहमहामन्त्री किशोरसिंह राठौरको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय निर्देशन समिति गठन गरिएको थियो ।निर्देशन समितिको समन्वयमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले एक विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका छन् । तोकिएकै समयभित्र महाधिवेशन सम्पन्न गर्न नेविसंघ केन्द्रीय सदस्य नगेन्द्र प्रसाद आचार्य (एन.पि) को संयोजकत्वमा ३ सदस्यीय विधान संशोधन एवं परिमार्जन समिति गठन गरेका हुन् ।

समितिमा सदस्यमा विवेक लिम्बू, राजेश कुमार श्रेष्ठ, इ। सुनिल शाही र मञ्जु विश्वकर्मा रहेका छन् । विधान समिति गठन भएसँगै लामो समयदेखि हुन नसकेको महाधिवेशन समयमै सम्पन्न हुने नेविसंघ नेता कार्यकर्ताले विश्वास लिएका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...