म्यानेजरलाई बम हान्ने धम्की दिने कामदारविरुद्ध आराधिक लाभको मुद्दा

काठमाडौं । कागेश्वरी मनहरा नगरपालिका-८ मा रहेको सिसुवान याङ टेक्टटायल प्रालि नामको कपडा उद्योगका म्यानेजरलाई बम हान्ने धम्की दिएको आरोप लागेका कामदारविरुद्ध आपराधिक लाभको कसुरमा मुद्दा दायर भएको छ ।

Nisharg hospital

चिनियाँ नागरिकले सञ्चालन गरेको उत्तल कम्पनीकी म्यानेजर नेपाली महिला मिङवुती शेर्पालाई बम हान्ने धम्की दिएको आरोप लागेका कामदार पदम भनिने आकाश तामाङविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासमा तामाङको मुद्दाको पेसी चढेको छ । उनको बयान पछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षमा पठाउने वा धरौटी र साधारण तारेखमा रिहा गर्ने भन्ने आदेश आउने छ ।

म्यानेजर शेर्पाको मोबाइल नम्बरमा २१ असोजको राति ८ः४० बजे ‘हाम्रो पार्टीलाई डेढेदेखि २ लाख सहयोग गर्नुस् । रकम लिएर नुवाकोटमा भेट्न आउनु । नत्र बम बिस्फोट गरेर कम्पनी उडाइदिन्छु’ भन्दै तामाङ म्यासेज गरेको खुलेको छ ।

म्यासेज आएको भोलिपल्ट उनी नजिकैको काँडाघारी प्रहरीमा गएर घटनाबारे बताएकी थिइन् । शेर्पाको मोबाइलमा आएको म्यासेज एनसेलको नम्बरबाट आएको थियो । उक्त नम्बरसमेत शेर्पाले प्रहरीमा जानकारी गराएकी थिइन् ।

तर, त्यतिबेला उक्त नम्बर स्वीच अफ भइसकेको थियो । त्यसको करिब एक सातापछि फेरि अर्को नयाँ नम्बरबाट शेर्पाकै मोबाइल नम्बरमा अर्को म्यासेज आयो । ‘तँ प्रहरीमा समेत गइस् हैन ? पैसा नदिई प्रहरीमा खबर गरिस् हैन ? अब प्रहरीलाई भनिस् भने राम्रो हुनेछैन’ भन्ने म्यासेज पठाएको आरोप छ ।

त्यसपछि शेर्पा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय पुगेकी थिइन् । अपराध अनुसन्धान कार्यालयका डीएसपी रोशन खड्काको टोलीले अनुसन्धान गर्दा चन्दा नदिए बम हानेर कम्पनी नै उडाउने धम्की दिने व्यक्ति सोही कम्पनीमै काम गर्ने पदम भनिने आकाश तामाङ रहेको खुलेपछि उनी पक्राउ परेका थिए । तामाङलाई ५ कात्तिकमा कम्पनीबाटै पक्राउ गरेको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...