पूर्वमन्त्री मनाङेलाई डिल्लीबजार कारागार पठाइयो

Nisharg hospital

काठमाडौं । ज्यान मुद्दाका दोषी ठहर भएका पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

जिल्ला अदालत काठमाडौंको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

मनाङेलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत ) पाटनले गरेको फैसलालाई सदर गर्दै २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो ।

सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...