धनगढीमा वडा प्रहरीले समात्याे साढे ३ लाखकाे अवैध कपडा

Nisharg hospital

धनगढी । धनगढीमा साढे तीन लाखकाे अवैध सामान बरामद गरिएको छ ।

वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक याेगेश खत्री नेतृत्वकाे टाेलीले धनगढी उपमहानगरपालिका-१ काे एलएन चाेकबाट बुधबार साँझ तीन लाख ४४ हजार रूपैयाँ बराबरकाे अवैध फेन्सी सामान बरामद गरेकाे हाे ।

वेवारिसे अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालयमा बुझाइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...