एमालेबाट महाबुको अध्यक्षमा एकीकृत समाजवादी छाडेका शाही उम्मेदवार

सुर्खेत । नेकपा एमालेले दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादी छाडेका जंगबहादुर शाहीलाई उम्मेदवार बनाउने भएको छ ।

Nisharg hospital

१६ मंसिरमा हुने उपनिर्वाचनमा शाहीलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । तर यसको औपचारिकता दिन भने बाँकी रहेको एमालेले जनाएको छ ।

Samajik mantralaye

यसअघि नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्य रहेका शाहीलाई गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाउने शर्तमा २७ कात्तिकमा मात्र एमालेले पार्टीमा स्वागत गरेको थियो ।कर्णालीका मुख्यमन्त्री समेत रहेका एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले दैलेखमा आयोजित एक कार्यक्रमका बीच शाहीलाई एमालेमा भित्र्याएका थिए ।

शाही २०७४ सालमा पनि महाबु गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । २०७९ को निर्वाचनमा पनि पुनः अध्यक्षका उम्मेदवार बनेका उनी कांग्रेसका लक्ष्मण गुरुङसँग पराजित भएका थिए ।यस पटक शाहीको सम्भावना बलियो देखेर जिल्ला कमिटीले उनैलाई सर्वसम्मत उम्मेदवार बनाएको एमाले नेताहरू बताउँछन् ।

गाउँपालिका अध्यक्ष गुरुङको २७ माघ २०७९ मा निधन भएपछि त्यहाँ उपचुनाव हुन लागेको हो । महाबुको अध्यक्षमा कांग्रेसले झलकबहादुर भण्डारीलाई उम्मेदवार बनाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले प्रकाश बुढालाई उम्मेदवार बनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...