
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट कीर्तिपुर नगरपालिकाको प्रमुखको उम्मेदवारका लागि एक जनाको मात्र दाबी परेको छ ।

रास्वपाका कीर्तिपुर नगर सभापति जयराम कार्कीले मात्र मेयरका लागि दाबी गरेका हुन् । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि रास्वपाले उम्मेदवार हुन इच्छुकका लागि २२ देखि २५ कात्तिकभित्र दाबी पेश गर्न आह्वान गरेको थियो ।त्यस अवधिमा कार्कीले मात्र दाबी पेश गरेका हुन् । एकल दाबी परेकाले आफ्नो उम्मेदवारी करिब पक्का भएको कार्कीले दाबी गरे । ‘नगरबाट मेरो एकल सिफारिस छ । वडा नम्बर ४ मा पनि एकल सिफारिस छ’, उनले अनलाइनखबरसँग भने ।
कीर्तिपुरमा मेयर र दुई वडाअध्यक्षका लागि उपनिर्वाचन हुँदैछ । वडा नम्बर १ मा भने रास्वपाबाट उम्मेदवार सिफारिस भएको छैन ।

