![Nisharg hospital](https://presspatra.com/wp-content/uploads/2023/08/unnamed.gif)
धनगढी । बिहीबार बिहान दार्चुलाको शैल्यशिखर नगरपालिका- ६ काे बकजेबलामा भएकाे जिप दुर्घटनामा मृतककाे संख्या ८ पुगेको छ ।
बिहानसम्म घटनास्थलबाट ६ जनाकाे शव संकलन गरिएकोमा अस्पताल पुगाइएका थप दुई जनाकाे पनि मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
सबै मृतककाे सनाखत भएकाे
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) राजिव बस्नेतले जानकारी दिए ।
उनकाअनुसार मृतक मध्ये दुई जना भारतीय नागरिक, दुई जना बैतडीको डिलासैनी गाउँपालिका र अन्य ४ जना शैल्यशिखर नगरपालिकाका रहेका छन् ।
दुर्घटनामा ४५ वर्षीय माेहम्द सफीर, १८ वर्षीय माेहम्द बसिर, शैल्यशिखर नगरपालिका- ९ नकतड का ४५ वर्षीय दिलिप बिष्ट, ३० वर्षीय बिरेन्द्र रावल, उनकी श्रीमती २८ शान्ति रावल, शैल्यशिखर-५ बस्ने ४० वर्षीया मिना लेखककाे मृत्युु भएकाे एसपी बस्नेतले बताए ।
यस्तै, बैतडीको डिलासैनी गाउँपालिका-५ नगराउँका १५ वर्षीय सुदिप बाेहरा र ५० वर्षीय बिरेन्द्र बाेहराकाे पनि मृत्युु भएको छ ।
दुर्घटनामा जिप चालक मालिकार्जुन गाउँपालिका-८ पस्तीका ३० वर्षीय सुनिल जाेशीसहितका पाँच जना घाइते छन् ।
बिहीबार बिहान ४ बजेतिर मालिकार्जुन धामबाट गाेकुलेश्वरतर्फ जाँदै गरेकाे म १ ज ३३८ नम्बरको जिप दुर्घटनामा परेकाे थियाे ।
![Navjiwan hospital adv](https://presspatra.com/wp-content/uploads/2023/08/nav_0.gif)