अतिक्रमित संरचना भत्काउन डोजर लिएर नगर प्रहरी पुग्यो गौशाला

panchodaye

काठमाडौं । अतिक्रमति संरचना भत्काउन काठमाडौं महानगरपालिका नगर प्रहरी बल गौशाला क्षेत्रमा डोजर सहित पुगेको छ ।

Nast college

महानगरपालिकाले चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन पुगेको हो ।

Nisharg hospital

चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।‘अहिले हामी डोजर सहित गौशाला क्षेत्रमा छौं, यो धर्मशाला बाहेक अन्य क्षेत्रमा सडक मिचेर बनाइएका संरचना भत्काउन आएका हौं । केही बेरदेखि अवरोध भइरहेको छ । अहिले छलफल हुँदैछ,’ अर्यालले अनलाइनखबरसँग, ‘अर्यालका अनुसार पक्की र कच्ची गरी १०–१२ वटा संरचना हटाउनुपर्ने छ ।

चक्रपथ सडक विभाग मातहत रहे पनि सडक सीमा अतिक्रमण भएकाले स्थानीय सरकारका रूपमा महानगरले अग्रसरता लिएर हटाउन लागेको सडक विभागले जनाएको छ ।डिभिजन सडक कार्यालय काठमाडौंका प्रमुख नारायणदत्त भण्डारीले सडक सीमा अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन सडक विभागको सहमति रहेको जनाए ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...