बैङ्किङ कसुरमा २ वर्ष कैद ठहर भएका सत्यमान लामा पक्राउ

cp new add
Nisharg hospital
Samajik

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ ।

DHANGADHI

काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख जरिवाना हुने ठहर गरेको छ । २०८० चैत २७ मा अदालतले फैसला गरेपछि उनी फरार थिए ।गुण्डागर्दीबाट उदाएका लामा पछिल्लो सयम बुद्धचित्त मालाको कारोबार गर्दै आएका छन् । उनी विरुद्ध सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर–५ स्थित होमबहादुर सुनुवारको बुद्धचित्तको मालाको दाना लुटेको कसुरमा पनि पक्राउ पुर्जी जारी भएको छ ।फिक्कल गाउँपालिका वडा नम्बर–१ का वडा अध्यक्ष होमबहादुर सुनुवारसँग करार सम्झौता गरेर किनेको बुद्धचित्तको दाना अर्को समूहले ‘लुटेको’ भन्दै आर्यन खतिवडाले प्रहरीमा जाहेरी दिएका थिए । बुद्धचित्तको रुख होमबहादुर सुनुवारको स्वामित्वमा छ ।

खतिवडाले दिएको जाहेरीको आधारमा डाँका चोरी तथा लुटपाट मुद्दामा लामा सहित ४ जनाविरुद्ध सिन्धुली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ ।

बारा घर भएका आर्यन खतिवडाले सो मालाको दाना आफूले ६५ लाखमा खरिद गर्ने गरी ‘करार सम्झौता’ गरेको बताएका छन् । साउन १ मा अर्को समूहले जबरजस्ती दाना टिपेका हुन् । लुटमा संलग्न पुष्पलाल दोङ सहितका अन्य आरोपी फरार छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...