कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ

Nisharg hospital

कञ्चनपुर । कञ्चनपुरमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–९ टुडिखेल बस्ने ५३ वर्षीय गगन तरामी र ५५ वर्षीय प्रेमबहादुर धामी पक्राउ परेका हुन्। दुबै जनालाई २ नाल भरूवा बन्दुक, २ प्याकेट बारुद, बन्दुकको सिसा ३८ टुक्रा, फलाम २७ टुक्रा, बन्दुकको क्याप १२ वटा र खुकुरी २ थानसहित फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।इलाका प्रहरी कार्यालय ब्रहमदेव र सशस्त्र प्रहरी बल बिओपी खल्लाबाट खटिएको संयुक्त गस्ति टोलीले भीमदत्त नगरपालिका–९ कालीगाडा खोलाबाट दुबै जनालाई पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...