धनगढी । कञ्चनपुरमा सवा पाँच लाख मूल्य बराबरको अवैध सामान बरामद गरिएको छ ।
शुक्रबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयकाे संयुक्त टाेलीले भीमदत्त नगरपालिकाकाे भाँसीबाट अवैध सामान बरामद गरेको हाे ।
माेबाईल कभर, स्वीच, स्वीच बाेर्ड लगायत गरेर पाँच लाख १३ हजार बराबरको सामान बरामद गरिएकाे प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा गाडीमा सामान लाेड गर्न राखेकाे अवस्थामा बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि गड्डाचाैकी भन्सार कार्यालय बुझाइनेछ ।