अछाममा आफैँमाथि गोली हानेका असईले कैलालीमा पनि इन्सपेक्टरलाई ताकेका थिए पेस्तोल

Nisharg hospital

धनगढी । अछाममा बिहीबार राति आफैँमाथि गोली चलाएका प्रहरी सहायक निरीक्षक(असई) असई किसनबहादुर चन्दले कैलालीमा प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई पेस्तोल ताकेको खुलेको छ ।

चन्द २०७६/७७ को कोराना महामारीका बेला जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए । सोही बेला उनले आफ्ना कमान्डर समेत रहेका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीलाई पेस्तोल ताकेका थिए ।

चन्दले मदिरा सेवन गरेर प्रहरी निरीक्षक जोशीलाई गोली ताकेको विषयले कैलाली प्रहरी वृत्तभित्र चर्चा पाएको थियो । जिल्ला प्रहरी कार्यालयले चन्दलाई कारवाही गर्न खोजेपछि परिवारसहित आएर हारगुहार गरेका थिए ।

kailali udhog

अछाममा नेपाल प्रहरीका असईले आफैँमाथि चलाए पेस्तोल

उनी र उनको परिवारले प्रहरी निरीक्षक जोशीसँग माफी माग्दै पुनः त्यस्तो नदोहो¥याउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि भने उनीमाथि कारवाही नभएको प्रहरी स्रोत बताउँछ ।

प्रहरी निरीक्षक जोशीलाई गोली ताकेको चार वर्षपछि बिहीबार भने चन्दले आफैमाथि गोली चलाएका छन् । तुर्माखाद गाउँपालिका–३ को भैरवस्थान प्रहरी चौकीका इन्चार्ज समेत रहेका चन्द आफैले बोकेको पेस्तोल बाँया छातीमा प्रहार गरेपछि घाइते भएका छन् ।

उनको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । घटनाबारे छानविनका लागि गर्न जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख प्रहरी निरीक्षक हर्षबहादुर चन्दको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...