धनगढी । कैलालीको गोदावरी नगरपालिका–५ को गेटामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किदा तीन जना घाइते भएका छन् ।
माछापालन नजिक अत्तरिया–धनगढी ६ लेन सडक खण्डमा धनगढीबाट अत्तरियातर्फ गइरहेको म २ प ९४३५ नंम्बरको मोटरसाइकल र क्रस गरिरहेको से ५ प ५१९० नंम्बरको मोटरसाइकल आपसमा ठोक्किदा तीन जना घाइते भएको प्रहरीले जनााएको छ ।
घाइते हुनेमा ९४३५ नम्बरको मोटरसाइकल चालक कञ्चनपुरको भिमदत्त नगरपालिका–६ वनगाँउ बस्ने २६ वर्षीय सागर थापा, पछाडी सवार वनगाँउकै ३२ वर्षीय दिपक खाती र अर्का मोटरसाइकल चालक कृष्णपुर नगरपालिका–६ वालुवाफाँटा बस्ने ४० वर्षीय बादुराम चौधरी रहेका छन् ।
उनीहरुको माया मेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ ।