कैलालीमा साढे ७ ग्राम खैरो हेरोईनसहित ३ जना पक्राउ

Nisharg hospital

धनगढी । कैलालीमा साढे ७ ग्राम लागुऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा टिकापुर नगरपालिका–१ बनगाउँ बस्ने २३ वर्षीय शिबम थापामगर, २७ वर्षीय बिकाश चौधरी र २७ वर्षीय बिज्ञान शाही रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

उनकाअनुसार लागुऔषध खैरो हेरोईनको कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी चौकी कालाकुण्डाका प्रहरी नायब निरीक्षक बिशन दत्त भट्ट नेतृत्वको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ७ ग्राम ५९० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर अनुन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...