
धनगढी । अत्तरियाको *हाम्रो सत्कार होटल एण्ड लजबाट यौन गतिविधीमा संलग्न रहेको एक जोडीलाई पक्राउ गरिएको छ ।

गोदावरी नगरपालिका–२ पहाड रोडमा सञ्चालनमा रहेको होटलमा यौन गतिविधीमा संलग्न कृष्णपुर नगरपालिका–५ का २४ वर्षीया निमबहादुर चौधरी र २८ वर्षीया पार्वती बिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले अनैतिक गतिविधीमा संलग्न रहेका उनीहरुलाई होटलमा छापा हानेर पक्राउ गरिएको जानकारी दिए ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा राखेर अनुसन्धान गरिरहेको छ ।
तस्बिर सच्याइएकाे
प्राविधिक त्रुटिबस समाचारमा यसअघि न्यू सत्कार हाेटलकाे फाेटाे प्रयाेग हुन गएकोमा हाटउँदै सम्बन्धीत पक्षलाई पर्न गएको असरप्रती क्षमाप्रार्थीसहित सच्याइएकाे छ ।- सम्पादक
