
धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे सुदूरपश्चिम प्रदेश सहमहामन्त्रीमा करिश्मा कठरिया चयन भएकी छन् ।

२७ र २८ पुसमा धनगढीमा बसेकाे रास्वपाकाे पूर्ण बैठकले पार्टीको संशोधित विधानअनुसार सहमहामन्त्रीमा कठरीयालाई सर्वसम्मत रूपले चयन गरेकाे हाे ।
उनी यसअघि नागरिक उन्मुक्ति पार्टी(नाउपा) को केन्द्रीय सहसचिव थिइन् । तर कठरिया पछिल्लो १० महिनादेखि भने रास्वपामा आवद्ध रहेकाे उक्त पार्टीले जनाएको छ ।

रास्वपाका प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले सहमहामन्त्री चयन भएकी कठरियाकाे राजनीतिक अनुभवले पार्टीलाई थप सशक्त र गतिशील बनाउने अपेक्षा गरिएको बताए ।
