
धनगढी । कैलालीमा करीब साढे १२ ग्राम लागुऔषध खैरो हेरोईनसहित तीन जनालाई पक्राउ गरिएको छ ।

आइतबार दिउँसो धनगढी उपमहानगरपालिका–२ भन्सार ब्यारेलबाट जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले धनगढी–४ उत्तरवेहडी बस्ने २४ वर्षीय अनिल लामा तामाङ र धनगढी–१३ झलारी बस्ने १८ वर्षीय नविन कुमार ऐरलाई खैरो हेरोईनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु सवार सुपप्र ०२००३ प ६११५ नम्बरको मोटरसाइकल भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा शंकाका आधारमा चेकजाँच गर्दा १२ ग्राम ३६० मिलिग्राम लागुऔषध खैरो हेरोईन बरामद गरिएको प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए ।

यस्तै, आइतबार नै धनगढी उपमहानगरपालिका–१ अस्पताल रोडबाट लागुऔषध खैरो हेरोईनसहित थप एक जनालाई पनि पक्राउ गरिएको उनले बताए । पक्राउ पर्नेमा डडेल्धुराको अजयमेरु गाउँपालिका–५ घर भएर धनगढी उपमहानगरपालिका–१ अस्पताल रोड बस्ने २० वर्षीय निरञ्जन पन्त रहेका छन् ।
उनको साथबाट एक सय मिलिग्राम खैरो हेरोईन बरामद गरिएको छ । उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
