धनगढीको नोभा हस्पिटलको छतमै लागुऔषध सेवन, पन्त पक्राउ पर्दा २ युवतीसहित ३ जना भागे

Dhangadhi

धनगढी । आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले एकाएक धनगढीको नोभा हस्पिटल वरपर निगरानी बढायो । प्रहरीलाई नोभा हस्पिटलको छतमाथि लागुऔषध सेवन हुने गरेको सूचना थियो ।

Nisharg hospital

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको थियो । प्रहरीलाई प्राप्त सूचना अनुसार नै नोभा हस्पिटलको छतमा दुई जना युवक र दुई युवती गरेर चार जना लागुऔषध खैरो हेरोईन सेवन गर्न जुुटिसकेका थिए ।

उनीहरु लागुऔषध सेवन गरिरहेको मौका छोपेर प्रहरी हस्पिटलको छतमा प्रवेश गर्छ । तर चार जना मध्ये दुई युवती र युुवक भने भाग्न सफल भए । जिल्ला प्रहरी कार्यालयकाअनुसार नोभाको छतमा दुई वटा ढोका रहेको एउटा ढोकाबाट प्रहरी प्रवेश गर्दा उनीहरु तीन जना भने अर्को ढोकाबाट फुत्किन सफल भए ।

ok

तर एक जनालाई भने पक्राउ गरिएको छ । पक्राउ पर्नेमा डडेल्धुराको अजयमेरु गाउँपालिका–५ घर भएर धनगढी उपमहानगरपालिका–१ अस्पताल रोड बस्ने २० वर्षीय निरञ्जन पन्त रहेका छन् ।

उनको साथबाट एक सय मिलिग्राम खैरो हेरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए । पन्तलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको बोहराले बताए ।

 

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...