
धनगढी । सुदूरपश्चिम प्रदेशकाे अस्थायी राजधानी धनगढीमा आपसी विवादका क्रममा एक जना माथि रड प्रहार भएको छ ।

धनगढी उपमहानगरपालिका-३ का २३ वर्षीय सुरज चाैधरीमाथि आइतबार साँझ रड प्रहार भएकाे प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले
२८ वर्षीष अमित चाैधरीले सामान्य विवादमा उनीमाथि रड प्रहार गरेको बताए ।

टाउकाेमा चाेट लागेका चाैधरीकाे धनगढी माया मेट्राे अस्पतालमा उपचार भइरहेको
छ ।
