भारतमा बैतडीका युवकको भिरबाट खसेर मृत्यु

Dhangadhi

धनगढी । बैतडीका एक युवकको भारतमा भिरबाट खसेर निधन भएको छ ।

Nisharg hospital

सिगास गाउँपालिका–८ लुपुण मल्लाडौडका २८ वर्षीय प्रेमसिंह बोहराको भिरबाट खसेर मृत्यु भएको सिगास गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष केशबबहादुर बोहराले बताए ।

भारतको पिथौरागढमा काम गर्दै आएका बोहरा मंगलबार साँझ ५ बजेतिर काम सकेर कोठातर्फ फर्कने क्रममा भिरबाट खसेका थिए। बोहरा भिरबाट खसेर करीब १५० मिटर तल खसेका थिए ।

ok

भिरबाट लडेर गम्भीर घाइते भएका बोहरालाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको अध्यक्ष बोहराले बताए ।

उनी डेढ महिना अघिमात्रै रोजगारीका लागि भारतको पिथौरागढ गएका थिए । मृतक बोहराको घरमा श्रीमती र चार जना छोराछोरी रहेका छन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...