
धनगढी । धनगढीमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिदा चालक घाइते भएका छन् ।

धनगढी उपमहानगरपालिका–८ को क्याम्पस चौकमा चौराहबाट मनहेरातर्फ गइरहेको से २ प ५२०७ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो ।
मोटरसाइकल पल्टिदा चालक जोशीपुुर गाउँपालिका–४ बस्ने २८ वर्षीय गोपाल चौधरी घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
