
धनगढी । कैलालीमा भरूवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएकाे छ ।

धनगढी उपमहानगरपालिका-१९ फूलबारीबाट दुई भारतीयसहित तीन जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारतकाे लखिमपुर खिरी नाैसर गुलरिया बस्ने ३२ वर्षीय रियासद अली, साेही ठाउँका ४० वर्षीय देशराज राना र धनगढी उपमहानगरपालिका–१९ का ३९ वर्षीय गुरुप्रसाद चौधरी रहेकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) किबन्द्र सिह बाेहराले जानकारी दिए । उनीहरुको साथबाट दुई थान भरुवा बन्दुक र एक थान चक्कु बरामद गरिएको बाेहराले बताए ।
तीनै जनासँग हातहतियार रहेकाे विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको हाे । उनीहरूलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
