
धनगढी । कञ्चनपुरमा भवानी–कालीका कन्स्ट्रकसनको गोदाममा आगलागी हुँदा एक करोड बराबरको क्षति भएको छ ।

गएराति दुई बजेर ५० मिनेटतिर वेदकोट नगरपालिका–६ को मुसेपानीमा हर्क मल्लले सञ्चालन गरेको भवानी–कालीका कन्स्ट्रकसन प्रालीको गोदाममा विद्युतको तार सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट गोदाममा रहेका सिमेन्ट, प्लाइबोर्ड, रबर सिल, टायल, क्रसर पट्टा, ईन्जिन वयल, डिजेल, पेट्रोल, टायर, सेप्टि फ्रेम, जोईन्ट फिलर, ह्याबी ग्रिस ड्रम , हाईड्रोलीक लिटर ड्रम लगायतका सामान गरेर एक करोडको क्षति भएको हो ।
आगलागी प्रहरी, स्थानीय र दमकलको सहयोगमा बिहान सवा ४ बजे मात्र पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
