कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु

Rojgar mela

धनगढी । कञ्चनपुरमा स्कुल बसको ठक्करबाट नाबालकको मृत्यु भएको छ ।

Nisharg hospital

आइतबार साँझ सवा ५ बजेतिर बेलडाँडी गाउँपालिका–३ खैरिघाटमा बेलडाँडीबाट कलकत्ता जादै गरेको सुपप्र ०१–००१ ख ३६१० नम्बरको बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुुनेमा सोही ठाउँ बस्ने मिन बहादुर कुँवरका २ वर्षीय छोरा सुशान्त रहेका छन् । उनलाई ज्ञानसाधना बोडिङ स्कुलको बसले ठक्कर दिएको थियो । सुशान्त्को घटनास्थलमै मृत्यु भएको हो ।

बस प्रहरीले नियन्त्रणमा लिएपनि चालक भने फरार भएका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...