अछाममा ढुङ्गा लागेर एक जनाको मृत्यु, अर्का घाइते

Rojgar mela

धनगढी । अछाममा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

Nisharg hospital

आइतबार दिउँसो मेल्लेख गाउँपालिका–५ को कौलेनामा ढुङ्गा खानीबाट ढुङ्गा निकाल्ने क्रममा एक्कासी माथिबाट खसेको ढुङ्गासहितको पहिरोमा परेर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार पहिरोसँगै खसेको ढुङ्गा लागेर सोही ठाउँ बस्ने ६३ वर्षीय नर बहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो । ४८ वर्षीय भिम बहादुर खड्का भने घाइते भएका छन् ।

उनलाई उपचारका लागि न्याय हेल्थ अस्पताल बयलपाटा लगिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...