कैलालीमा ५ दिनमै ६५ प्रतिशत बालिका र किशोरीले लगाए एचपीभी खोप

Rojgar mela

धनगढी । कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत बालिका तथा किशोरीलाई पाठेघरको मुुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका तथा किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए ।

Nisharg hospital

उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०–१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुुसार पहिलो दिन चार हजार ८३९, दोस्रो दिन नौ हजार २७५, तेस्रो दिन सात हजार ९७०, चौँथो दिन पाँच हजार १०९ र पाचौँ दिन पाँच हजार ६८९ जनालाई खोप लगाइएको छ ।

भजनी नगरपालिकामा पालिकास्तरीय खेलकुद प्रतियोगिताका कारण ढिलोगरि सोमबारदेखि मात्र खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए । स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ ।

त्यसमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने ४७ हजार तीन सय २६ जना छात्रा र तीन हजार २८७ जना विद्यालय बाहिर रहेकाहरु छन् । बालिका तथा किशोरीलाई एच.पि.भी खोप लगाउन कैलालीका १३ वटै स्थानीय तहमा ७०५ खोपकेन्द्र तोकिएका छन् । ती मध्ये ५४६ विद्यालय र १५९ अन्य ठाउँमा राखिएको छ । जिल्लाभर ७०५ जना स्वास्थ्यकर्मी र एक हजार चार १० जना स्वयमसेवक खोप अभियानका लागि खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा विरुद्धको एच.पि.भी. खोप ९८ देखि १०० प्रतिशत नै सफल भएकाले क्यान्सरको जोखिम नियन्त्रण गर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...