कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट सुन्दरको मृत्यु

धनगढी । कञ्चनपुरमा टेलर गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

Nisharg hospital

सोमबार दिउँसो पुनर्वास नगरपालिका–९ “ख” गाँउको खाती चोकमा सुपप्र०२– ००१ क ५९२ नम्बरको टेलर गाडीले ठक्कर दिदा बैतडीको शिवनाथ गाउँपालिका–५ सरमाईलीका ४० वर्षीय सुन्दर सिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पुनर्वासमा दाजुको घरमा बस्दै आएको उनको घटनास्थलमै मृत्यु भएको थियो । टेलर गाडी र चालक भिमदत्त नगरपालिका–११ भुजेला बस्न ३८ वर्षीय पिताम्बर कलौनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...